arrow

धुमधामसहित सर्केगार्डमा उपाध्यक्षको उम्मेदवारी दर्ता [फोटोफिचर]

logo
जनकबहादुर शाही,
प्रकाशित २०८१ मंसिर २ आइतबार
congress-sarkegad-2081.jpg

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दलहरुद्धारा हर्सोउल्लासका साथ उम्मेदवारी दर्ता गर्ने कार्य भएको छ । 

गाउँपालिका स्तरका आफ्ना कार्यालयहरुबाट बाजागाजासहित उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी दर्ता गर्ने कार्य भएको मुख्यनिर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए । 

मनोनयन दर्ताको दुई दिन अगाडि बसेको सर्बदलीय बैठकले ठूला दलअनुसार उम्मेदवारी दर्ता गर्ने कार्य गर्ने सहमति अनुसार सो काम भएको हो । जसमा उम्मेदवार दर्ता गर्ने दिनमा जिल्लाका ठूला दलहरुमध्ये नेपाली कांग्रेसले सबैभन्दा अगाडि आफ्नो उम्मेदवारी मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्य भएको थियो । 

कांग्रेसका तर्फबाट उपाध्यक्ष पदका लागि सविता बुढाले उम्मेदवारी दर्ता गर्ने कार्य भएको उनले बताए । यसअघि नेपाली कांग्रेसले गाउँपालिका केन्द्र सर्केगार्डको मिलन चोकबाट बाजागाजासहित र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गर्ने कार्य भएको हो । 

कांगेस पार्टी सभापति मोहनविक्रम सिंह, पूर्वपार्टी सभापति जयपति रोकाया, संविधान सभा सदस्य रिता शाहीको नेतृत्वमा उम्मेदवार दर्ता गर्ने कार्य भएको थियो । 
त्यसैगरी नेकपा एमालेले पनि आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता दोस्रोमा गरेको थियो । एक दिन अगाडिमात्र उम्मेदवारको नाम घोषणा गरेको एमालेका तर्फबाट जाना शाहीले उम्मेदवार दर्ता गरेकी हुन् । 

एमाले केन्द्रीय सदस्यहरु छक्कबहादुर लामा, दलबहादुर रावल, दलबहादुर फडेराको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि सृजना चोकबाट नेकपा एमालेले र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो । 

त्यसैगरी तेस्रोमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य गरेको थियो । माओवादी केन्द्रका तर्फबाट देवकी तिमिल्सिनाले उम्मेदवारी दर्ता गर्ने कार्य गरेको हो । 

तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक दिपेन्द्र रोकायाकी श्रीमती हुन् । माओवादी केन्द्रले आइतबार बिहान मात्र उम्मेदवारी छनोट गरेको थियो । माओवादी केन्द्रीय सदस्य विजय भण्डारी, सीता शाही, छिमिदोर्जे लामाको नेतृत्वमा पुल्चोकबाट निकालिएको र्याली सर्केगार्ड बजार परिकर्मा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको थियो । 

माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकीकृत समाजवादी, विप्लव र नेकपा माओवादीको समर्थन रहेको छ । माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिना र कांग्रेस उम्मेदवार बुढा एउटै गाउँकी हुन् । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाहीले पनि उम्मेदवारी दर्ता गरेकी छिन् । सो पार्टीका केन्द्रीय सदस्य कालीबहादुर शाही र जिल्ला अध्यक्ष विकास महतको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवारी परेको छ । सो पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गरेकी हुन् । यसैगरी रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि सर्केगार्ड गाउँपालिका केन्द्रमा कार्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

sarkegad-vp-election-2081 (1).jpg
sarkegad-vp-election-2081 (2).jpg
sarkegad-vp-election-2081 (3).jpg
sarkegad-vp-election-2081 (4).jpg
sarkegad-vp-election-2081 (5).jpg
sarkegad-vp-election-2081 (6).jpg
sarkegad-vp-election-2081 (7).jpg
sarkegad-vp-election-2081 (8).jpg
sarkegad-vp-election-2081 (9).jpg
sarkegad-vp-election-2081 (10).jpg
sarkegad-vp-election-2081 (11).jpg
sarkegad-vp-election-2081 (12).jpg
sarkegad-vp-election-2081 (13).jpg
sarkegad-vp-election-2081 (14).jpg
sarkegad-vp-election-2081 (15).jpg
sarkegad-vp-election-2081 (16).jpg
sarkegad-vp-election-2081 (17).jpg
sarkegad-vp-election-2081 (18).jpg
sarkegad-vp-election-2081 (19).jpg
sarkegad-vp-election-2081 (20).jpg
sarkegad-vp-election-2081 (21).jpg
sarkegad-vp-election-2081 (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ