को को भए कांग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार ? [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
539
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका हुन्।
त्यस्तै स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले भट्टराईलाई बधाइ दिएको छ ।
कांग्रेसले भट्टराईलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवादसमेत व्यक्त गरेको छ ।