arrow

केपी ओलीको कम्बोडिया लगानीको वास्तविकता के हो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
kp-sharma-oli-81-5-19e.jpg

काठमाडौँ । अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको आरोप लगाएका छन् । उनले विभिन्न प्रमाणहरु आफूसँग सुरक्षित रहेको भन्दै ओलीलाई तस्कर भनी आरोप लगाएका छन् ।

कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण प्राप्त भएको प्रसाईको सचिवालयले जनाएको छ । उनको सो कम्पनीमा २३ करोड अमेरिकी डलर लगानी रहेको कागजात रहेकोसमेत प्रसाईको सचिवालयले जनाएको छ ।

अर्थात् नेपाली मूल्य आजको मितिमा ३० अर्ब ९९ करोड (एक डलर बराबर १३४ रुपैयाँ ७४ पैसा) भन्दा बढी हुन्छ । त्यत्रो पैसा कहाँबाट आयो भनी प्रश्नसमेत उठाइएको छ ।

भ्रष्टाचारीको मुख पनि हेर्दिन भनेर भन्ने प्रधानमन्त्रीको पैसाका बारेमा प्रसाईको सचिवालयले गम्भीर प्रश्न उठाएको छ । सन् २०१९ को मे १४ मा प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन पुगेका थिए । 

त्यहाँ ओलीले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रमाण रहेको प्रसाईको सचिवालयले जनाएको छ । 

उनले सार्वजनिक रुपमै सम्बोधन गर्दै भनेका छन्, 'यहाँका नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्कमेनिस्तान, साउथ अफ्रिका र केन्या, दुबई र सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित, सिग्नेचर भएका पेपरहरुको बुझ्नुभो ? मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो । नभए दुर्गा प्रसाई बित्दैन फेरि । संसारमा दुर्गा प्रसाई मर्छ बित्दैन । किनभने मैले नेपालीहरु, नेपाली चेलीबेटीहरु रोएको देखेको छु ।’

एमालेका पूर्व केन्द्रीय सदस्य प्रसाईले भनेका छन्, ‘म मर्न तयार छु यस्ता तस्करसँग झुक्न तयार छैन । मलाई थाहा छैन मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनि मलाई थाहा छ । तर मर्न त एक दिन मैले मर्नैपर्छ । म मरेता पनि मेरा नेपाली दाजुभाइलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ दुर्गाको विचार मर्दैन । किनकि दुर्गा भनेको विचार हो । घरघरमा जन्मिसके दुर्गाहरु । यो शुरुआत मात्र हो । यसमा प्रमाणहरु अन्य दलका नेताहरुका लागि पनि आइरहने छन् ।’

केपी ओलीका बारेमा त्यतिबेला पनि तातेको थियो मिडिया
अन्तर्राष्ट्रिय मिडियाले ओलीको उक्त कम्बोडिया भ्रमण र लगानीका बारेमा समाचारसमेत बनाएका थिए । 

हुनत प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आफूमाथि लाग्दै आएका आरोपलाई सबै निराधार भन्दै आएका छन् । 

उनको यसअघिको कार्यकालमा ट्रान्सपरेन्सी इन्टरनेशलले अहिलेसम्मकै भ्रष्ट नेपाल सरकार केपी ओलीकै सरकार रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

त्यसलाई ओलीले इन्कार गरेका थिए । ओलीले एक पैसा पनि भ्रष्टाचार नगरेको बताउँदै आएका छन् । उनले आफूले भ्रष्टाचार पनि नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने उनको नारा छ । 

अझ रोचक त उनले भ्रष्टाचारीको अनुहार नचिन्ने पनि बताउँदै आएका छन् । उनले जेसुकै भनुन् यसअघि अन्तर्राष्ट्रिय मिडियामा उठाइएको सवाल र अहिले दुर्गा प्रसाईले उठाएको विषय एउटै हो । 

नैतिकताको आधारमा पनि प्रधानमन्त्रीले ओलीले यसको जवाफ दिनु पर्नेछ । यद्यपि प्रसाईले उठाएको कम्बोडियामा २३ करोड अमेरिकी डलर लगानीको स्वतन्त्र पुष्टि भएकै छैन । 

यदि यो गलत हो भने गरिमामय पदको आँच आउने गरी व्यक्तिको चरित्र हत्या हुने भिडियो बनाएर गरिएका यस्ता गतिविधि रोक्न सरकारले ठोस कदम चालोस् । उनीमाथि अनुसन्धान जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ