arrow

शासकहरूको कमजोरीका कारण लोकतन्त्र धुमिल बनाउन दिनु हुँदैन- राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
ramchandra-08-05.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शाश्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जबाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे । 

उनले समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख गरे । 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न जनताको स्वतन्त्रताका लागि नेताहरूले गरेको त्याग, सङ्घर्ष र समर्पण अतुलनीय छ । नेपाली जनता र अग्रज नेताहरूको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जबाफदेही, न्यायपूर्ण बनाउँदै समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा हामी सबै जुट्नुपर्ने अहिलेको आवश्यकता हो । सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शाश्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउने आउन दिनु हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधीजी लगायतका अग्रजहरूको सच्चा सम्मान हुनेछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ