arrow

कांग्रेस सांसद डा शर्मा र जापानी सांसद तेत्सुयाबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
sunil-sharma-kobuta-totsuya.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेका छन् । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएनका नेता नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ  बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।  

सांसद शर्माले जापानले नेपालको विकासमा ठुलो गरेको सहयोग गरेको बताउँदै जापान नेपालको ठूलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका छन् ।    

दुई सांसदबीचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफु आतुर रहेको बताए ।  

‘तपाई नेपाल आउनु भयो भने बुद्धको जन्मस्थल लुम्बिनीमा लगेर तपाईसँगै म पनि ध्यान गर्छु त्यसबाट शान्ति र आनन्द प्राप्त हुन्छ’, सांसद शर्माले कुबोटालाई भने । 

भेटमा मोरगको मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबिकुमार राई, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो । 



नयाँ