- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौ मेडिकल कलेजले १६ वर्ष मुनिका बालबच्चाहरूका लागि विशेषज्ञ सेवा सहित आधा दर्जन डिएम एमसीएच चिकित्सकहरूले सेवा प्रदान गर्ने सुपर स्पेशालिटी सेवा संचालन गरेको छ ।
काठमाडौँ मेडिकल कलेज न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउने स्वास्थ संस्थाको रूपमा एउटा कम्प्लिट मल्टी स्पेशालिस्ट अस्पतालको रूपमा अगडि बढ्ने क्रममा सो सेवा विस्तार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले बताए ।
काठमाडौँको सिनामंगलमा रहेको अस्पतालमा आधा दर्जन भन्दा बढी पेडियाक्ट्रिक एमबीएच चिकित्सकहरूको सहभागीतामा पेडियाक्ट्रिक क्रिटिकल केयर अन्तर्गत सो सेवा दिन थालिएको हो ।
सेवा अन्तर्गत पीआईसीयू, एचडीयू, एनआईसीयूसहित अत्याधुनिक उपकरणका साथमा नवजात शिशु विशेषज्ञहरूले २४ सै घन्टा सघन निगरानी, स्वासप्रश्वास सम्बन्धी सम्पूर्ण सेवाका साथै न्युरो क्रिटिकल केयर, मुटुका बिरामीका लागि विशेष सेवा, छारेरोग, टाउकोमा लागेको चोटपटक, अचेत बालबच्चाको उपचार सेवाका साथै पारालाइसिस भएका बच्चाहरूका लागि स्पेशल उपचार सेवासमेत न्यून शुल्कमा उपलब्ध हुने बताइएको छ ।
योसँगै पेडियाक्ट्रिक ग्यास्ट्रोइन्टेरोलोजी अन्तर्गत बालबालिकाको पेट र कलेजो सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै अत्याधुनिक मेडिकल उपकरणहरूद्वारा इन्डोस्कोपी, रोलोनोस्कोपी, इन्टरजेन्सको सेवासमेत उपलब्ध हुनेछ दाहालले बताए ।