arrow

केएमसीको स्वास्थ्य टोली च्यासलमा, पाँच सय बिरामीको निःशुल्क उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
kmc-81-8-7.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको च्यासलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

हिमालयन इन्जिनियरिङ कलेजको आयोजनामा कलेजको भवनमा भएको शिविरमा ४५५ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १०३ जनाको ल्याब परीक्षण, ८७ जनाको ईसीजी, ७५ जनाको भिडियो एक्सरे गरिएको थियो । 

२७ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 
 



नयाँ