- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की आयोजनामा १७औं हिसान स्पोर्टस् मिट हुँदैछ । पोखरा रंगशालामा यही मंसिर ११ देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियाेगितामा चार हजार खेलाडीले सहभागिता जनाउँदैछन् ।
स्पोर्टस् मिटको सबै तयारी पूरा भएको हिसान कास्कीले जनाएको छ । प्रतियाेगितामा प्लस टु (कक्षा ११-१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका विद्यार्थी विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की सचिव किरण सापकोटाका अनुसार छात्रछात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुलटेनिसका प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा मावि तह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुनेछ । छात्र बास्केटबलमा ३९ विद्यालय सहभागी हुने सापकाेटाले बताए । छात्रातर्फ भने ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
टेबुल टेनिसतर्फ छात्रछात्रा सिंगल्स, डब्लसतर्फ एक सय ११ खेल हुनेछन् । विद्यालयतर्फ व्याडमिन्टन छात्रछात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुने आयोजकले उनले बताए ।
विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ आठ र छात्रातर्फ समेत आठ टिमले सहभागिता जनाएका छन् ।
हिसान कास्की उपाध्यक्ष पुरन कुँवरका अनुसार हिसान कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालयतर्फ १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा भाग लिएका छन् ।
प्रतियोगितामा करिब २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसको मुख्य प्रायोजक आइएनजी ग्रुप हो ।
प्रतियोगिता संयोजक याम रोक्काले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीलाई सम्मान गर्ने संस्थाका सल्लाहकार एवं केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले बताए ।
उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाहीलाई सम्मान गरिनेछ । प्रतियोगिता उद्घाटन गण्डी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन् ।
पछिल्ला दुइ संस्करणको उपाधि प्रतिभा माविले जितेको थियो । हालसम्म ग्लोबल कलेजियट र न्यू ग्यालेक्सीले लगातार तीन-तीन पटक उपाधि जितेर रनिङ शिल्ड कब्जा गरेका छन् ।