arrow

एनआईसी एसियाको स्वामित्वमा रहेको चार कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
nic-asia-logo-2081-red.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको चार कम्पनीको  लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ । नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त, सूर्यज्योति लाइफ इन्सुरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को लिलामी शेयर भर्ने आज अन्तिम दिन हो । 

बैंकले मंसिर ३ गतेदेखि सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । आज कार्यालय समयसम्म भित्रमा आवेदन दिनु पर्नेहुन्छ । 

जसमा सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । यी कम्पनीको सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ । 

उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

शेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौँको थापाथली ट्रेड टावरस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।  
 



नयाँ