गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
868
Shares
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर भएकी छन् ।
भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका-५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ ।
घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।