arrow

एनपीएलको सातौँ खेल

'हाइ स्कोरिङ' खेलमा विराटनगरले लुम्बिनीलाई हरायो  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
npl-lumbini-biratnagare.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । 

सातौँ खेलमा विराटनगरले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको हो । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती पछ्याउने क्रममा १९.५ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो  ।

लोकेश बमले ४७ बलमा ७१ तथा बसिर अहमदले २३ बलमा ४० रन बनाए । अन्तिम ओभरमा १५ रनको जरुरी रहेकामा क्रिस सोलले ४ बलमा अविजित रहँदै १४ रन बनाउँदै विराटनगरलाई जिताए । 

दुर्गेश गुप्ताले ३ तथा साद बिन जाफर र विवेक यादवले २–२० विकेट लिए । 

लुम्बिनीको इनिङ्स
लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १९१ रन बनायो । कप्तान रोहित पौडेलले २९ बलमा ४६, टम मोर्सले १७ बलमा ३० रन बनाए भने २९ रन विराटनगरले अतिरिक्तका रुपमा दिएको थियो । 

बलर हावी हुन नसकेको खेलमा राम्रो फिल्डिङ भएसँगै चार खेलाडी रनआउट भएका थिए । 

लुम्बिनीको यो पहिलो खेल हो भने विराटनगरले तेस्रो खेल हो । विराटनगरले यसअघिका दुवै खेल हारेको थियो । 

विराटनगर सुदूरपश्चिम रोयल्ससँग ९० रनले तथा जनकपुर बोल्टससँग ८ विकेटले पराजित भएको थियो । 

यसअघिका खेल
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ