एनपीएलमा चितवनलाई हराउन कर्णाली १३१ रनको सामान्य चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
486
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अहिले कर्णाली याक्स र चितवन राइनोज खेलिरहेका छन् ।
जितका लागि कर्णालीले १३१ रनको सामान्य चुनौती पछ्याइरहेको छ । त्रिवि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनायो ।
चितवनका लागि इङ्गल्याण्डका रवि बोपाराले ४० बलमा अविजित रहँदै रन तथा कुशल मल्लले २३ रन जोडे । त्यस बाहेक कुनै पनि ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।
कर्णालीका लागि बिपिन शर्माले २१ रन खर्चेर ३ तथा जीशन मक्सुदले २२ रन खर्चेर २ विकेट लिए ।
कर्णालीले यसअघिका दुवै खेल हारेको थियो भने चितवनले दुवै खेल जितेको थियो । यो खेल जित्दा चितवन ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ भने कर्णाली जित्दा अंकको खातामात्र खोल्ने छैन शीर्ष चारमा पुग्नेछ ।
कर्णालीबाट भारतीय चचिर्त अनुहार शिखर धवन (गब्बर) खेलिरहेकाले टिमले अंक जोड्न नसक्दा दबाबमा छन् ।
तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । कर्णाली र पोखरा एभेन्जर्स दुवै खेल हारेर पुछारमा छन् ।
यसअघिका खेल
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।