arrow

रोहितको कप्तानी इनिङ्सले लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
npl-rohit-poudel-24-12-6.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेलिरहेका छन् ।

त्रिवि कीर्तिपुर मैदानमा लुम्बिनीले जितका लागि पोखरालाई १७१ रनको चुनौती दिएको छ । 

टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको कप्तानी इनिङ्सले ५ विकेटको क्षतिमा १७० रन बनायो । 

रनआउट हुनुपूर्व रोहितले ५९ बलमा ९५ रन बनाए । जारी एनपीएलमा यो एक खेलाडीको सबैभन्दा बढी रन हो । 

चौथो विकेटका लागि रोहितसँग मिलेर ११० रनको साझेदारी गर्ने क्रममा टम मोर्सले रनआउट हुनुअघि ३८ बलमा ४५ रन बनाए । 

पोखराका लागि बिपिन खत्रीले २ विकेट लिए । 

दुवै टिम पहिलो जितको खोजीमा छन् । लुम्बिनीले एक खेल हारेको छ भने पोखराले दुवै खेल हारेर पुछारमा छ । अहिलेसम्म यी दुई टिमले मात्र अंकको खाता खोलेका छैनन् । 

यो खेलपछि एक टिममात्र अंकविहीन बन्नेछ । 

यसअघिका खेल
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ