arrow

एनपीएलको १२ औँ खेल

एनपीएलमा लुम्बिनी सबैभन्दा कमजोर, सुदूरपश्चिम शीर्ष स्थानमा 

लुम्बिनी सुदूरपश्चिमसँग ४५ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
npl-lum-sudur-rr.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १२ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले १८८ रनको चुनौती पछ्याउने क्रममा ९ विकेटको क्षतिमा १४२ रनमात्र बनाउन सक्यो । 

१९ रन बनाउँदा नै पाँच विकेट गुमाएको लुम्बिनीका लागि बिबेक यादवले आकर्षक इनिङ्स खेल्दै ५४ बलमा अविजित रहँदै ७७ बनाए पनि टिमलाई जिताउन भने सकेनन् । 

ब्रेन्डन म्याकमुलेन र अलराउन्डर सैफ जैबले ३–३ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन बनायो । 

सुदूरका लागि ओपनर खेलाडी सैफ जैबले ६१ बलमा ९० रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १९ बलमा अविजित रहँदै ३९ रन बनाए । 

कमजोर बलिङ गरेको लुम्बिनीका लागि रमन सिमोन्से २ विकेट लिए । 

एनपीएलमा लगातर तेस्रो खेल हार्दै रोहित पौडेल कप्तानीको लुम्बिनी सबैभन्दा कमजोर टिम बनेको छ । लगातार तीन जितसँगै दीपेन्द्र सिंह ऐरी कप्तानीको सुदूरपश्चिम ६ अंक भएको जनकपुर बोल्टस्लाई रन रेटमा पछि पार्दै शीर्ष स्थानमा पुगेको छ । 

यसअघि लुम्बिनीले पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो । 

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । 

जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक  खेल भने जितेको छ । 

जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो । 

यसअघिका खेल
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ