arrow

भ्रष्टाचार नघटेको देशमा मनाइयो भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
anti-corruption-day-2024-ne.jpg

काठमाडौँ । भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार माइतीघरमा ट्रान्सपरेन्सी इन्टरनेशनलको आयोजनामा जनपद प्रहरी र ट्राफिक प्रहरीहरू प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रबर्द्धनमा गरौं हातेमालो’, ‘भ्रष्टाचार अन्त्यः सुशासन हाम्रो गन्तव्य’, ‘भ्रष्टाचारविरूद्ध सबै, सँगै र सँधै’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रहरीले प्रदर्शन गरेका थिए।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२३ को करप्सन पर्सेप्सन इन्डेक्समा नेपाल ३५ अंकसहित १०८ औं स्थानमा छ। हरेक वर्ष डिसेम्बर ९मा भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ।

भ्रष्टाचारको मामलामा नेपाल माथि नै छ । यसले विकासको गतिलाई रोकेकोमात्र छैन मानिसकको मानसिकता नै बदलेको छ । 

anti-corruption-day-2024-nepal (1).jpg
anti-corruption-day-2024-nepal (2).jpg
anti-corruption-day-2024-nepal (3).jpg
anti-corruption-day-2024-nepal (4).jpg
anti-corruption-day-2024-nepal (5).jpg
anti-corruption-day-2024-nepal (6).jpg
anti-corruption-day-2024-nepal (7).jpg
anti-corruption-day-2024-nepal (8).jpg
anti-corruption-day-2024-nepal (9).jpg
anti-corruption-day-2024-nepal (10).jpg
anti-corruption-day-2024-nepal (11).jpg
anti-corruption-day-2024-nepal (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ