arrow

अदालतको अवहेलना मुद्दामा रास्वपा नेताहरुविरुद्ध सुनवाइ हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरूद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि मंगलबार पेशीमा राखिएको अदालतले जनाएको छ । यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेश गर्न आदेश दिएको थियो ।

शुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ