श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ शुरु [भिडियो]
प्रस्तावित राजदूत उपर उजुरी आह्वान
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
364
Shares
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ शुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो ।
सरकारले पूर्णबहादुर नेपाली श्रीलङ्काको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन्। साथै उनले प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन्।
नेपालको संविधानबमोजिम सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपश्चात् राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।