पत्रकार महासंघको चुनावः रुकुम पूर्वमा बांठाको नेतृत्व
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
714
Shares
रुकुम पूर्व । नेपाल प्रत्रकार महासंघ शाखा रुकुम पूर्वको अध्यक्षमा प्रेस सेन्टरका बसन्त बांठाको प्यानल नै निर्वाचित भएको छ । कुल ३४ मतमा ३३ मत खसेको थियो । बांठा १७ मतसहित निर्वाचित भएका हुन् । प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत पाइन् ।
त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली १८ मत लिएर विजय भए भने प्रतिस्पर्धी उर्मिला गौतमले १४ मत प्राप्त गरिन् ।
महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली, कोषाध्यक्षमा साबित्रा खत्री यस अगाडि नै निर्विरोध निर्वाचित भएकी थिइन् । खुला सहसचिवमा बिरस थापा १७ मत लिएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी चेतकुमार बीसीले १४ मत ल्याए ।
समावेशी सहसचिवमा बरम बुढाले २० मत लिएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी दिलचन पुनले ११ मत पाए ।
खुला सदस्यमा लोकप्रसाद बुढाथोकी, विकास बुढामगर, श्रीधर खड्का, सामना घर्तीमगर, जनजातिमा वीरप्रताप बुढामगर, दलित सदस्यममा शिखर विश्वकर्मा, महिला सदस्यमा हिरा बुढामगर, केन्द्रीय पार्षद सदस्यमा बसम मल्ल, प्रदेश पार्षद सदस्यमा लिङ्कन गौतम यसअघि नै निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।