गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्षमा संजय कार्की निर्वाचित भएका छ्न् । शुक्रबार सम्पन्न महासंघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कार्की अन्य ३ जना उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
४५ मत रहेको रौतहट शाखामा कार्कीले १५ मत प्राप्त गरी निर्वाचित हुँदा अन्य अध्यक्षका उम्मेदवार रविन्द्रप्रसाद साहले १२ मत, मदन ठाकुरले ६ मत र उत्तम उपाध्यायले १२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्ष पदमा डिल्लीबहादुर कार्की (सुब्बा) १८ मत प्राप्त गरी विजयी भएका छ्न् भने सचिवमा गौतम श्रेष्ठ अत्यधिक २६ मतका साथ निर्वाचित भएका छ्न् ।
त्यस्तै कोषाध्यक्षमा २४ मतका साथ संजय सहनी विजयी हुँदा समावेशी सहसचिवमा २६ मतका साथ दिनेश यादव , खुला सहसचिवमा २४ मतका साथ जितेन्द्र लाल श्रीवास्तव विजयी भएका छ्न् ।