पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लगियो कांग्रेस पार्टी कार्यालय [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
593
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहको शव यात्रासहित पार्टी कार्यालय लगिएको हो ।
उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान सिंहको निवास चाक्सीबारीमा राखिएको थियो भने मध्यान्ह कांग्रेस केन्द्रीय कार्यालय लगिएको हो । त्यहाँ दुई घन्टासम्म राखेर अत्येष्टिका लागि लगिने बताइएको छ ।