आजको मौसम : तराई तथा उपत्यकामा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
873
Shares
काठमाडौँ । देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई, खोच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।