arrow

एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधु सन्तलाई भण्डारा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
sadusantha-bhojan.jpg

काठमाडौँ । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरूले साधुसन्तहरुलाई भन्डारा गरेका छन् । शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपीएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भन्डारा गरिएको हो । 

जनकपुर बोल्ट्सले एनपीएलको पहिलो उपाधि जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिबार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए । कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भन्डारा खुवाएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ