काठमाडौँ । पुसको महिनामा चिसो बढेसँगै त्यसको लक्षण शेयर बजारमा पनि देखिएको छ । अर्थात् साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
नेप्से परिसूचक १३.५३ अंकले घटेको हो । जसअनुसार कारोबार २५८३.२९ विन्दुमा अडिएको छ ।
३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ताको शेयर ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ बराबर कारोबार भएका छन् ।