arrow

यो हो १७ सय वर्षपछि पत्ता लागेको सान्टा क्लजको असली अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
santa-clause-final.jpg

काठमाडौँ । तपाईले २५ डिसेम्बर अर्थात् क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, सायद नदेख्ने कमै छन । 

 प्रत्यक्ष नदेखे पनि फोटो र भिडियोमा भने अवस्य नै देखेको हुनु पर्छ । खासमा उनी हुन, सान्टा क्लजका प्रतिक, जो सयौं बर्ष अघि उनी सोही शैलीको ड्रेसमा उपहार बाडँदै हिँड्थे, आज उनै सान्टा क्लजले उपहार बाड्ने दिन पनि हो । उनकै सम्झनामा आज सोही कपडामा मानिसहरुले उपहार बाँडिरहेका छन् । यो उनी प्रतिको सम्मान हो । 

हालै वैज्ञानिकहरुले अत्याधुनिक प्रविधिबाट सान्टा क्लजको असली अनुहार बनाएको दाबी गरेका छन् ।

न्यूयोर्क पोस्टको एक रिपोर्टमा माइराको सेन्ट निकोलसको अनुहार उनको मृत्युको १७ सय वर्षपछि खोपडीको तथ्याङ्क विश्लेषण गरेर सिर्जना गरिएको बताइएको छ।

यसमा संलग्न प्रमुख अनुसन्धानकर्ता सिसेरो मोरेसले सेन्ट निकोलसको अनुहार बनाउन वैज्ञानिकहरूले सन् १९५० मा लुइगी मार्टिनोले संकलन गरेको तथ्यांक प्रयोग गरेको बताएका छन् ।

यस समयमा सेन्ट निकोलसको शरीरको अवशेष पनि अध्ययन गरिएको थियो। उनी आफ्नो मेरुदण्ड र कम्मरमा दीर्घकालीन गठियाबाट पीडित रहेको पनि खुलासा भएको छ । यो पनि रिपोर्ट गरिएको थियो कि उनको शिर एकदम ठूलो थियो।जसका कारण उनलाई हरेक दिन टाउको दुख्ने गरेको हुनुपर्छ ।

यस अनुसन्धानमा सेन्ट निकोलसको त्यही अवशेष प्रयोग गरिएको थियो जसलाई पहिले माइरामा गाडिएको थियो र पछि हड्डीहरूलाई इटाली लगिएको थियो र बारीमा गाडिएको थियो। जो उत्खनन गरेर वैज्ञानिकहरुले १७ सय वर्षपछि उनको असली अनुहार बनाएको दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ