arrow

तेत्तीस वर्षपछि गोकर्णेश्वरको देशेंमा नवदुर्गा नाच [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
durga-nach-81-9-16.jpg

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा ३३ वर्षपछि सोमबारदेखि नचाउन शुरु भएको छ । सोमबार साँझ नचाइएको नाच मंगलबारसम्म दुई दिन नचाइएको छ । 

उक्त नाच ०४६ सालपछि नचाउन बन्द थियो । ३३ वर्षपछि २०७९ बाट फेरि नचाउन शुरु भाको हो । यो नाच २ दिन नचाउने गरिन्छ। 

इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधिद्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए।

नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन् ।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुनेसमेत जनविश्वास छ।

durga-nach-81-9-16 (1).jpeg
durga-nach-81-9-16 (1).jpg
durga-nach-81-9-16 (2).jpeg
durga-nach-81-9-16 (2).jpg
durga-nach-81-9-16 (3).jpeg
durga-nach-81-9-16 (3).jpg
durga-nach-81-9-16 (4).jpeg
durga-nach-81-9-16 (4).jpg
durga-nach-81-9-16 (5).jpg
durga-nach-81-9-16 (6).jpg
durga-nach-81-9-16 (7).jpg
durga-nach-81-9-16 (8).jpg
durga-nach-81-9-16 (9).jpg
durga-nach-81-9-16 (10).jpg
durga-nach-81-9-16 (11).jpg
durga-nach-81-9-16 (12).jpg
durga-nach-81-9-16 (13).jpg
durga-nach-81-9-16 (14).jpg
durga-nach-81-9-16 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ