arrow

महास्नान सेतो मछिन्द्रनाथको [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
seto-matchendranath-mahasha.jpg

काठमाडौँ । सेतो मछिन्द्रनाथको महास्नान काठमाडौँको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ।

 शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।

हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाईदिने गरिन्छ। नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पूजारीले गर्छन्।

मछिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रुपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ।

सेतो मछिन्द्रनाथलाई यसरी नुहाईदिँदा समस्त मानवजातिमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । तस्बिर स् नेपाल फोटो लाइब्रेरी ।
 

seto-matchendranath-mahashan-81 (5).jpg
seto-matchendranath-mahashan-81 (6).jpg
seto-matchendranath-mahashan-81 (7).jpg
seto-matchendranath-mahashan-81 (8).jpg
seto-matchendranath-mahashan-81 (1).jpg
seto-matchendranath-mahashan-81 (2).jpg
seto-matchendranath-mahashan-81 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ