arrow

यी हुन् पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

चार डीआईजीहरूको एक वर्ष पदावधि थप, राई सचिवमा बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
prithivi-subba-26.jpg

काठमाडौँ ।  सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पुस २३ गते  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले मन्त्रिपरिषद् बैठकले सशस्त्र डीआईजीहरू कमल गिरी, गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको बताए । उनले २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको बताए । 

प्रवक्ता गुरुङले सरकारले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको बताए । उनले पुस २६ र २७ गते काठमाडौँमा हुने नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिए । 

उनले २०८१ माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ