काठमाडौँ । हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।
तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराईको जनजीवन प्रभावित भएको छ ।
देशका बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।