arrow

फर्निचर उद्योगमा आगलागी, एक महिलाको मृत्यु, एक घाइते

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ माघ १२ शनिबार
fire-kavre-81-10-12.jpg

काभ्रे । फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छिन् । धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा सो उद्योगमा बस्दै आएकी शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीया टिकादेवी दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । 

सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् । फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

९ बजे शुरु भएको आगो नियन्त्रणको ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

घाइतेको उपचार र मृतकको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ