काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु-कुहिरो लागेको अवस्था छ। आज देशभरका हिमाली क्षेत्रमा आंशिक बदली रही पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।