arrow

सुनुवाइ समिति

वरिष्ठ अधिवक्ता खड्काको सुनुवाइ माघ २० मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
smiti-sarbajanik.jpg

काठमाडौँ । न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ । सङ्घीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । 

नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो । उनी विरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मङ्सिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो । 

पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन् भने सदस्यहरूमा वरिष्ठतम न्यायाधीश, कानूनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एक जना कानूनविद् सदस्य रहने व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ