संसदका दुई समितिमा कैदीबन्दी र तिलगंगा विश्वविद्यालयबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । संघीय संसदका दुई वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । जुन बैठक बिहान ८ बजेपछि शुरु हुनेछ ।
उता, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो ३ः३० बजेबाट सुरू हुनेछ ।