arrow

हिउँदे अधिवेशनको तयारी तीव्र, आज कार्यव्यवस्था परामर्श समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । माघ १८ गतेदेखि शुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।

जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ । साथै विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो । सोअघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले त्यसपछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीसँगै दलहरुका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ