पश्चिमी वायुको सामान्य प्रभाव : यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
676
Shares
काठमाडौँ । हाल देशभरको मौसम आज मुख्यतया सफा रहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ । तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ ।