arrow

आजबाट संसदको हिउँदे अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदैछ । संघीय संसदको दुवै सदनको बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।

सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

 आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रीपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले  जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन्  ।

 अधिवशेन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शीर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ