arrow

रहेनन् नामिबियाका संस्थापक राष्ट्रपति साम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
sam-namebia.jpg

काठमाडौँ । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आइतबार घोषणा गरेका छन् । 

म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनको लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको थियो । 

मे १२, १९२९ मा उत्तर पश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा जन्मिएका नुजोमाले १९९० देखि २००५ सम्म देशको पहिलो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। 

सामाजिक सञ्जालमा नुजोमाको परिवारप्रति समवेदना व्यक्त गर्दै म्बुम्बाले संस्थापक राष्ट्रपतिको सम्मानमा आफ्नो सरकारले राष्ट्रिय शोक र अन्त्येष्टिको व्यवस्थाको घोषणा गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ