arrow

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीन दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपात, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।

मधेस प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने छ । राती यी प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने छ । 

महाशाखाका अनुसार भोली बुधबार ३० गते कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशका क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने छ । प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

१ गते बिहीबार पनि कोशी गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

मधेस प्रदेशका क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने छ । प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश दिउँसो हिमाली क्षेत्रमा मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ