arrow

कमलपोखरीको खाजाघरमा भएको ग्यास आगलागीमा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
fire-final.jpeg

काठमाडौँ ।  गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा  ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो । 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ