arrow

पाशुपत क्षेत्रमा शिवरात्रीको स्वागत हुँदै, रंगरोगन र सरसफाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
pashupati-shivaratri-sarasa.jpg

काठमाडौँ । यही फागुन १४ गते परेको महाशिवरात्रीको लागि पाशुपत क्षेत्रका शिवालय, देवालय, मठ मन्दिरहरुको सरसफाई र रङरोगनको काम धमाधम भइरहेको छ । 

यसलाई महाशिवरात्रीको तयारीसमेत भनिएको छ । महाशिवरात्रीको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ र रंगरोगन गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । 

महाशिवरात्रीमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रंगरोगनसमेत भइरहेको छ । महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइँदैछ । 

त्यसको काम पनि शुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रीको पूर्वतयारीका लागि काम भइरहेको छ । 

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी शुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । 

महाशिवरात्रीमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष महाशिवरात्रीका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । 

pashupati-shivaratri-sarasafai (1).jpg
pashupati-shivaratri-sarasafai (2).jpg
pashupati-shivaratri-sarasafai (3).jpg
pashupati-shivaratri-sarasafai (4).jpg
pashupati-shivaratri-sarasafai (5).jpg
pashupati-shivaratri-sarasafai (6).jpg
pashupati-shivaratri-sarasafai (7).jpg
pashupati-shivaratri-sarasafai (8).jpg
pashupati-shivaratri-sarasafai (9).jpg
pashupati-shivaratri-sarasafai (10).jpg
pashupati-shivaratri-sarasafai (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ