arrow

आगोले जलेर वृद्धको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
gulmi_district_map.png

गुल्मी । गुल्मीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरी छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमै आगो ताप्दै गर्दा अचानक जलेर उनको मृत्यु भएको हो । गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आएका थिए ।

घटनाको बारेमा गिरीका भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।

मृतक गिरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ