arrow

रहेनन् संविधान सभा सदस्य सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
bidur-sapkota.jpg

काभ्रेपलाञ्चोक ।  संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । 

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए । 

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार  फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका  पत्नी र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ