arrow

जन्तीसहित पशुपति छिरे नागा बाबाहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
pashupati-nagababa-81-11-12.jpg

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । 

जोगीका चार सम्प्रदाय सन्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पत्ति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यवस्थापनलाई तिव्रता दिएको छ ।

यसैबीच महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट शुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन् । 

शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । 

शोभा यात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, साधुसन्त लगायतको उपस्थिति रहेको थियो । 
 

pashupati-nagababa-81-11-12 (1).jpg
pashupati-nagababa-81-11-12 (2).jpg
pashupati-nagababa-81-11-12 (3).jpg
pashupati-nagababa-81-11-12 (4).jpg
pashupati-nagababa-81-11-12 (5).jpg
pashupati-nagababa-81-11-12 (6).jpg
pashupati-nagababa-81-11-12 (7).jpg
pashupati-nagababa-81-11-12 (8).jpg
pashupati-nagababa-81-11-12 (9).jpg
pashupati-nagababa-81-11-12 (10).jpg
pashupati-nagababa-81-11-12 (11).jpg
pashupati-nagababa-81-11-12 (12).jpg
pashupati-nagababa-81-11-12 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ