काठमाडौँ । महाशिवरात्री पर्व भोली बुधबार भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ ।
यस वर्ष फागुन १४ गते बुधवारका दिन महाशिवरात्री परेको छ । आजबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरू, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ ।
शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरूबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।
आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरूमा भक्तजनहरू दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।