arrow

बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
sharad-ojha-bima-authority.jpg

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ शपथ लिएका हुन् । 

उनलाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए । 

ओझालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ