arrow

उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा, यस्तो हुनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
weather-ktm-valley-81-11-16.jpg

काठमाडौँ । मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा शुक्रबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । 

उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो । 

बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा राति पनि पानी परिरहेको उनले बताए । कोशीका थोरै भूभागमा पानी परेको छ । राति पनि ठाउँठाउँमा वर्षा भएको र आज पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए । 

मौसमविद् पुडासैनीले शनिबार शुक्रबार भन्दा केही कम हुने बताए । शनिबार बदली हुने, काठमाडौँमा केही सुधार मात्रै हुने र दिउँसोतिर फाट्टाफुट्ट पानी पर्न सक्ने बताए । त्यस्तै मधेसमा बदली मात्रै हुनेछ । आइतबारदेखि मौसम सफा हुनेछ । 

कुन ठाउँमा कति पानी पर्यो 

पुडासैनीका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२।६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।

त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा भएको छ । तर काठमाडौँका अधिकांश भागमा फाटफुटमात्रै वर्षा भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ