शून्यताभित्र
तिम्रो उपस्थिति हेर्न चाहेँ
निःशब्दता भित्र
तिम्रो बोली सुन्न चाहेँ
जब ऋतु परिवर्तन भइरहन्छ
तिम्रो दैनिकी बुझ्न चाहेँ
कतै चोट तिमीलाई नहोस्
कुनै पीडा तिमीले भोग्न नपरोस्
मेरो अज्ञानीपनको अवयवको
हलन चलन
धेरै धेरै
भुलिरहने मन तिम्रैमा
किन किन
पुनः पुनः
रम्न चाहेँ
मात्र तिम्रैमा ।