देशका पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
492
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेस प्रदेशका तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा दिउँसो मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।