arrow

मानवता विरुद्धको अपराध

पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

आईसीसीले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेँसगै विमानस्थलबाट पक्राउ, गिरफ्तारी ‘ऐतिहासिक क्षण’ भएको मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनको ठहर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
rodrigo-duterte-philippines.jpg

काठमाडौँ । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।

सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सको राष्ट्रपति रहँदा डुटेर्टेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौँको मृत्यु भएको थियो ।

यसअघि आफ्नो सम्भावित गिरफ्तारीको बारेमा उनले आफू जेल जान तयार रहेको बताएका थिए । फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ