एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
507
Shares
काठमाडौँ । शिक्षक महासङ्घले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासङ्घले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो ।
अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए ।
धर्ना कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । उनले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसद्को समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरे ।