देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव : पाँच प्रदेशमा हावाहुरी, मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
664
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनीलगायत बाँकी पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सफा छ। कर्णालीका केही स्थान र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भागमा आंशिकदेखि सामान्य बदली र अन्य भागमा आंशिक बदलीदेखि सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी भागका केही स्थान र अन्य पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भागका केही स्थान र अन्य उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हावाहुरीको सम्भावना छ।
आज राति कोशीसहित पहाडी भागमा आंशिक बदली र अन्य भागमा आंशिक बदलीदेखि सफा रहनेछ। पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी र मधेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।
सुदूरपश्चिम र कर्णालीका पहाडी भागका केही स्थान र अन्य पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भागका केही स्थान र अन्य उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हावाहुरीको सम्भावनाले दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।